काठमाडौंः बागलुङ र सोलुखुम्बुबाट ५ थान भरुवा बन्दुक र ३ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल बुधबार प्रहरीले बरामद गरेको छ ।
जसमध्ये बागलुङको बरेङ गाउँपालिका–१ नेउरेनी सामुदायिक वनस्थित पहरोको खोचमा घाँसपातले छोपी लुकाई राखेको अवस्थामा ४ थान एकनाले भरुवा बन्दुक र ३ थान बन्दुक बनाउन प्रयोग हुने फलामको नाल इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
यसैगरी, सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्याउरे सामुदायिक वन नजिक बाटोको छेउबाट वेवारिसे अवस्थामा १ थान भरुवा बन्दुक प्रहरी चौकी पावैबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।
।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २५ गते बिहीबार, २०:०५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook