बाग्लुङः बाग्लुङमा अवैध लागूऔषध गाँजा सहित एक जनालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।

निसीखोला गाउँपालिका–६ लुप्रवाङ बस्ने ३४ वर्षीय टेक बहादुर घर्ती मगरलाई १ सय ५० केजी अवैध लागूऔषध गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।

टेकबहादुरले आफ्नै बारीमा गाँजा उत्पादन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरीले उनकै बारीमा सुकाएर तयार पार्दै गरेको उक्त गाँजा सहित उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २९ शनिबार, २०:२८