बाग्लुङः बाग्लुङस्थित विभिन्न स्थानबाट आइतबार दिउँसो १३ थान भरुवा बन्दुक बरामद भएको छ ।

बढिगाड गाउँपालिका–१ टुनडाँडास्थित स्यानडाँडा सामुदायिक बनको पैयुको रुखमुनी बेवारिसे रुपमा लुकाई राखेको अवस्थामा ८ थान, सोही गाउँपालिका–३ सिसाखानीस्थित लग्दी खोलाको किनारमा बेवारिसे अवस्थामा २ थान र गलकोट नगरपालिका–९ रिस्तिस्थित कार्तिकेको जंगलमा ३ थान (१ थान बेसाबुत समेत) भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस ६ गते सोमबार, १८:५३