बाग्लुङः गलकोट नगरपालिका–४ खरुवा पाखापानीस्थित झाडीमा लुकाई राखेको ४ थान एकनाले भरुवा बन्दुक आज बिहान प्रहरीले बरामद गरेको छ ।

अबैध घरेलु हतियारहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हटियाबाट खटिएको प्रहरीले झाडीमा लुकाई राखेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।

बन्दुक राख्ने व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १८ गते बिहीबार, १७:१०