बर्दियाः बर्दियामा बाघको आक्रमणमा परी बुधबार एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बासगढी नगरपालिका–२ राँझाकी ४२ वर्षीया गंगा सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बुधबार दिउँसो बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको स्वर्गद्वारी सामुदायिक वनमा बाख्रा चराउन जाँदा बाघले आक्रामण गर्दा हात र अनुहारमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् ।

उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो ।

यस्तै, बाघले दुई वटा बाख्रा पनि मारेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज १६, १०:३९