बाजुराः बाजुरामा एक थान एकनाले भरुवा बन्दुक सहित एक जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुढिनन्दा नगरपालिका–७ समालगाउँ बस्ने ४५ वर्षीय सुरबिर कडारा रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुढिनन्दा कोल्टीबाट खटिएको प्रहरीले उनको घरमा अवैध रुपमा लुकाई राखेको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, अछामको मंगलसेन नगरपालिका–६ ठुलासैनस्थित मध्यपहाडी लोकमार्गको दक्षिणतर्फको जंगलमा लुकाई राखेको बेवारिसे २ नाल भरुवा बन्दुक मंगलबार प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट ठुलासैनबाट खटिएको गस्ती प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।


यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १९:२४