बाजुराः बडिमालिका नगरपालिका–९ मार्तडीबाट ५ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ, १ थान तराजु र नगद १५ हजार २ सय ८५ रुपैयाँ सहित एक जनालाई प्रहरीले आइतबार बेलुका पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौमुल गाउँपालिका–१ अम्लिस बस्ने ३४ वर्षीय राम बहादुर बोहरा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा बोहराले झोलामा ल्याएको उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २६ गते सोमबार, १९:५२