बाजुराः बुढीगंगा नगरपालिका–६ बेलकाट्यामा शनिबार साँझ जीप पल्टिँदा ४ वर्षीय बालकको घटनास्थल मै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

फालासैनदेखि डेल्टा बजारतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश–०१–००१ ज ११८० नम्बरको जीप सडक किनारमा पल्टिँदा बुढीगंगा नगरपालिका–४ देनसायलका पदम सेरालाका ४ वर्षीय छोरा प्रिन्सको मृत्यु भएको हो ।

पाँचै जना घाइतेको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

जीप चालकलाई बाजुरा प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १६ आइतबार, ११:३७