काठमाडौंः प्रहरीले बाजेको सेकुवामा छापा मारेको छ।

तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको छानबिन समितिले बुधबार राजधानीका विभिन्न स्थानमा ६ ओटा आउटलेटमा छापा मारेको हो।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले बत्तिसपुतली, सोह्रखुट्टे, सामाखुसी, कमलपोखरी, गैरीधारा र अनामनगरका आउटलेट छापा मारेको छ ।

३३ किलो सुन प्रकरणमा मुछिएको भनिएका बाजेको सेकुवाका सञ्चालक भने फरार छन्।