बैतडीः दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा सडक निर्माणमा विवाद हुँदा विरोधमा उत्रिएका स्थानीयमाथि डोजरले महिलालाई हुत्याउने डोजर चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोजर चालक सोही नगरपालिका–२ देहीमाण्डौका किशोर बोहरा रहेका छन् ।

सोमबार डोजर चालकले स्थानीय महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले चालक बोहरालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अंशबन्डा नमिलेकाले केही समय सडक निर्माण रोक्न माग गर्दै आएका ग्वाल्लेकमा विरोधमा उत्रिएका स्थानीयमाथि चालकले डोजर चलाउँदा आठजना घाइते भएका छन् ।

अहिले बोहरामाथि अनुसन्धान भइरहेको प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


 


प्रकाशित मितिः मंगलबार, कार्तिक ५, १२:४५