पर्साः गत रातिदेखि परिररहेको अविरल वर्षाका कारण पर्सागढी नगरपालिकास्थित पन्थे नदीमा आएको बाढीले बगाउँदा एक विद्यार्थीको मृत्यु भएको छ भने अर्का एक विद्यार्थी बेपत्ता भएका छन् ।

पर्सागढी नगरपालिका–४ मा रहेको पन्थी नदीमा आएको बाढिले सोमबार बिहान ४ जना विद्यार्थीलाई बगाएको थियो । जसमा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना अझै बेपत्ता रहेको हुन् ।

मृत्यु हुनेमा पर्सागढी नगरपालिका–४ की १५ वर्षीया प्रतिमा रामको रहेकी छन् । उक्त ठाउँकै १५ वर्षीय सुरेन्द्र महतोलाई भने वाढीले बगाएको छ । उनीहरु दुबै कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

त्यसैगरी बाढिले बगाएका त्यही गाउँकी १५ वर्षीया संगीता चौरसिया र १५ वर्षीय सुमन पासवानको भने स्थानीयले सकुशल उद्धार गरेका छन् ।


फाइल तस्विर