दुई दिनयता देशभर लगातार भइरहेको वर्षाका कारण जनजस्वन अस्तव्यस्त बन्दै गएको छ । तराई क्षेत्र डुबानको चपेटामा परेको छ भने पहाडी क्षेत्र पहिरोको चपेटामा परिरहेको छ । नेपालको भूबनोट बाढी र पहिरोको प्रभाव पर्ने खालको त छ नै जंगल विनाश, जथाभावी विकास निर्माण, बदलिंदो परिवेश अनुसार बस्ती व्यवस्थापन, तटबन्ध, कमजोर भूबनोटको उचित संरक्षण हुन नसक्दा बाढी र पहिरोको प्रकोप बढ्दै गएको छ ।

तराई क्षेत्रमा बाढी
असार १७ गतेदेखि निरन्तर भइरहेको वर्षाका कारण तराईका सबै क्षेत्र बाढीबाट प्रभावित बन्न थालेका छन् । दुई दिनको वर्षका कारण पूवी नेपालको झापामा ८५ बस्ती बाढीको जोखिममा परेका छन् ।


। कैलालीको भजनी नगारपालिकासहित दक्षिणी क्षेत्र डुबानमा परेका छन् । कैलालीको मध्य क्षेत्रमा बग्ने कान्द्रा तथा काँडा नदीमा आएको बाढीले भजनी नपरपालिकाका पूरै वडा प्रभावित भएका छन्।
बाढीका कारण नेपालगन्ज—गुलरिया हुलाकी सडक अवरुद्ध भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडक अवरुद्ध भएको हो । बाँकेको राप्ती नदीमा जल स्तर बढेको छ । यसले ठूलो क्षेत्र डुबानमा पार्ने खतरा बढेको छ । सिन्धुलीको कमला तथा रातु नदीमा पानीको बहाव बढेको छ । ती नदीमा आएको बाढीका कारण आसपासका क्षेत्र डुबानमको खतरामा छन् । बबई नदीमा पनि जलस्तर बढ्दै गएको छ । यसबाट बर्दियाको ठूलो क्षेत्र डुबानमा पर्ने खतरा बढ्दै गएको छ । बाढीका कारण सिरहा पनि प्रभावित भएको छ । नवलपरासीका बर्दघाट लगायतका क्षेत्र डुबानमा परेका छन् भने धेरै क्षेत्र डुबानको खतरामा रहेका छन् । रुपन्देहीका खोलानालामा पनि जलस्तर बढेको छ । तिनहु, रोहिणी तथा अन्य साना–ठूला नदी तथा खोलामा पानीको बहाव बढ्दै गएको छ यसले धेरै ठूलो क्षेत्र ढुबानमा पर्ने खतरा बढेको छ । त्यस्तै कपिलवस्तुका वाणगंगा तथा अन्य नदीमा पनि पानीको बहाव बढेर डुबान हुन सक्ने खतरा बढ्दै गएको छ । कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली बाहेक चुरेबाट बग्ने अधिकांश नदीमा जलस्तर बढेको छ र ती क्षेत्रले बाढीको प्रकोप जतिबेला पनि सामना गर्नुपर्ने अवस्था रहेको छ ।

पहाडमा पहिरो
मध्य पहाडी क्षेत्रमा लगातार वर्षाका कारण पहिरोको खतरा बढ्दै गएको छ । रोल्पाका ठाउँठाउँमा पहिराका कारण मानवीय क्षतिसमेत पुरयाएको छ । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, धादिङ, गोरखा, रसुवा, नुवाकोट, सिन्धुली दोलखा, खोटा«ङ, ताप्लेजुङदेखि देशभरका पहाडी लिल्ला पहिरोको उच्च जोखिममा छन् । यी जिल्लाका दुर्गम बस्ती पहिरोको बढी खतरामा छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा पनि पहिरोको जोखिम बढ्दै गएको छ । ती क्षेत्रका सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन् र वर्षात्को समयमा यस्तो खतरा बढिरहन्छ । मध्यपहाडी राजमार्गका ठाउँठाउँमा ठूलाठूला पहिरा गएका छन् । मुग्लिन–नारायण खन्डमा पहिरो गएर अवरुद्ध बनिरहेको छ । यी पहाडी जिल्लाका मुख्य मार्गदेखि ग्रामीण सडकहरू पनि पहिरोको जोखिममा छन् ।

सहरी क्षेत्रमा पनि डुबान
तराईको समथर क्षेत्र बाढीको उच्च जोखिममा छ नै नेपालका प्रायः सहर पनि डुबानबाट पीडित अवस्थामा छन् । झापाका बिर्तामोडसहित मुख्य सहर डुबानको खतरामा छन् । वीरगन्जका धेरै वडा पनि डुबानको खतरामा छन् । नवलपरासीको परासी बजार पनि डुबानमा परिरहन्छ । नेपालगन्ज, गुरिया, सिरहाको मिर्चैया तथा राजधानी काठमाडौंका सडक पनि जलमग्न बनिरहने अवस्था छ । देशका अन्य सहर पनि डुबानको खतरामा छन् ।

डुबान र बाढी पहिरोको कारण र समाधान
तराई क्षेत्रमा डुबान र बाढीको उच्च जोखिम बढिरहनुमा पूर्व–पश्चिम फैलिएको चुरे क्षेत्रको विनाश मुख्य कारणको रुपमा रहेको छ । त्यो क्षेत्रमा अत्यधिक वन विनाश भएको छ जसले गर्दा त्यो क्षेत्रबाट बग्ने नदी, खोला, खोल्सामा वर्षामा पानीको बहाव बढिरहेको छ । त्यहाँबाट आउने जलप्रवाह अति तीव्र हुन्छ जसले गर्दा ढुंगा, बालुवा तथा गेग्य्रान बगाएर तराईमा आउँछ । तराईमा हुने अत्यधिक ढुंगा, बाल्वाको उत्खननले नदी कटान बढिरहेको छ भने उचित व्यवस्थापन गर्न नसक्दा डुबान बढिरहेको छ । यस्तो अवस्थामा सुधार ल्याउन सरकारले प्रत्येक वर्ष तटबन्धमा ठूलो खर्च गरे पनि गुणस्तमा कमजोर, उचित स्थानमा नभएर जहाँ मनलाग्यो त्यहीं बनाउने, मर्मतमा ध्यान नदिने गर्नाले यो खतरा बढिरहेको छ । सरकारले यस्तो अवस्थामा अविलम्ब सुधार गर्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् । अर्को, नेपालको दक्षिणी सीमा क्षेत्रमा भारतले बनाएका तटबन्ध तथा सडकले पनि नेपालमा डुबानको खतरा बढिरहेको छ । यसलाई रोक्न राज्य स्तरबाटै पहल हुनु आवश्यक छ ।

सहरी क्षेत्रमा पनि डुबान हुनुको कारण त्यो क्षेत्र भएर बग्ने नदी–खोल्साको उचित व्यवस्थापन गर्न नसक्नु वा बेवास्ता गर्नु र ढल व्यवस्थापन राम्रो नहुनु नै डुबान हुनुको कारण बनेको छ ।

पहाडमा पहिरोको उच्च जोखिम बढ्दै जानुमा जथाभावी सडक खन्नु मुख्य कारण बन्दै गएको छ । अर्को, सरकारले खतराजनक क्षेत्रका रहेका बस्ती सुविधाजनक क्षेत्रमा सार्न नसक्नु पनि हो । सरकारले पहाडका बस्ती पहिरोबाट बचाउन खतराजनक क्षेत्रबाट सुगम क्षेत्रमा सार्नु अति आवश्यक देखिएको छ । केन्द्र सरकार मात्र नभएर प्रदेश तथा स्थानीय सरकारले यतातर्फ ध्यान दिनु आवश्यक छ ।