काठमाडौंः रुपन्देही र झापामा बाढी पहिरोमा परेकाहरुको एपीएफ टोलीद्वार उद्वार गरेको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–२ भर्तापुर गाउँमा अविरल वर्षाको कारण तिनाउ खोलको वहाव बढ्न गई डुवान परेका घर परिवारलाई एपीएफ टोलीले सुरक्षित स्थानमा सारेको छ ।

सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले डुवानमा परेका घर परिवा, अन्नपात र पशु चौपायाहरुलाई सुरक्षित स्थानमा सारेको हो ।

यस्तै, झापाको बाह्रदशी गाउँपालिका–७ डाँगीबारी स्थित तुलसी टोलमा बिरिङ खोलाले कटान गरी उच्च जोखिममा परेका सात घरपरिवालाई एपीएफ टोलीले बुधबार सुरक्षित स्थानमा सारेको छ ।


सो डुवानबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भागडुब्बाबाट खटिएको एपीएफ टोली उनीहरुको उद्वार कार्यमा खटिएको थियो ।

यसैगरी, सोही जिल्लाकै हल्दिवारी गाउँपालिका ३ स्थित देउवीया खोलाले कटान गरी जोखिममा परेको एक घर परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गणबाट खटिएको एपीएफ टोलीले बुधबार सुरक्षित स्थानमा सारेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज ८, २०७७, २१:०६