काठमाडौंः बाथरूममा लडेर गम्भीर घाइते भएका प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
टाउकोमा रगत जमेपछि मणिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो। उनको अहिले काठमाडौस्थित न्यूरो हस्पिटलमा उपचार भइरहेको छ ।
उनी शुक्रबार दिउँसो साढे ४ बजेतिर बाथरुममा लडेका थिए। उनका सहयोगीले तत्कालै उपचारको लागि फेवासिटी हस्पिटल पुर्याएका थिए। फेवासिटीमा सिटि स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएको थियो।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook