चोरी के केमा हुन्छ, बहुमूल्य वस्तु, अहिले आधुनिक प्रविधि प्रयोग गरेर व्यक्ति तथा राष्ट्रका बहुमूल्य दस्तावेज चोरी भएका छन् । पश्चिमा जगतमा मायाप्रेममा निद्रासम्म पनि चोरी भएको सुनिएको हो । हावा चोरी वा बादल चारीको कुरा सुन्दा कस्तो लाग्ला ? पताउन सकिएला ?

भर्खरै बादल चारी भएको समाचार अन्तर्राष्ट्रिय जगतमा फैलिएको छ । व्यक्तिले होइन एउटा राष्ट्रले अर्को राष्ट्रको हिउँ र बादल चोरी भएको आरोप लगाएको छ । यस्तो आरोप इरानले इजरायलमाथि लगाएको हो । इरानका ब्रिगेडियर जनरलले इजरायलले इरानमाथि रहेको बादल तथा हिउँ चोरी गरेको आरोप लगाएका छन् ।

प्रश्न उठ्ने नै भयो यो कसरी सम्भव होला ? इरानका ब्रिगेडियर जनरल प्रमुख गुलाम रजा जलालीले इरानमा भइरहेको जलवायु परिवर्तनमा इजरायल शंकाको घेरामा रहेको बताएका छन् ।


। इरानमा सुख्खा लाग्नुलाई उनले इजराजयलमाथि दोष लगाएका छन् ।
उनले इजरायलले इरानमा वर्षा नहोस् भन्ने चाहेको पनि बताएका छन् । युरोपियन राष्ट्रमाथि पनि यस्तै आरोप छ । यद्यपि इरानी मौसम विभाग उनको यो कुरासँग सहमत छैन ।

अफगानिस्तान तथा भूमध्य सागरको बीचमा रहेको २२ सय मिटरको पहाडी हिस्सा हिउँले ढाकिंदै आएको छ । इरानमा भने यस्तो अवस्था छैन । यो कुरालाई जलालीले पनि उठाएका छन् ।
इरानका कोही अधिकारीले बादल चोरीको आरोप लगाएको पहिलो घटना भने होइन । सन् २०११ मा पूर्व राष्ट्रपति महमुद अहमदिनेजादले पश्चिमा देशका कारण इरानमा सुख्खा लागेको बताएका थिए । उनले युरोपेली देशले एक विशेष किसिमको उपकरण प्रयोग गरेर बादललाई आफ्नो नियन्त्रणम लिएको आरोपसमेत लगाएका थिए ।— एजेन्सी