काठमाडौंः काठमाडौंको बानेश्वर संगम चोकबाट दुई महिलासहित १० जुवाडे पक्राउ परेका छन् ।

बुधबार साँझ महानगरीय प्रहरी बृत्त बानेश्वरले जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट एक लाख २३ हजार ८ सय ३५ रुपैयाँ समेत बरामत गगरेको छ ।

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।