काठमाडौंः काठमाडौं महानगरपालिका–३१ बानेश्वरबाट १३ जुवाडे पक्राउ परेका छन् ।

प्रहरीले बानेश्वरथित शम्भुकुमार श्रेष्ठको घरबाट जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई शुक्रबार बेलुका पक्राउ गरेको हो ।

नगद तीन लाख ७५ हजार ४ सय ९० रुपैयाँसहित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, पुस २६, ०८:३५