काभ्रेपलाञ्चोकः कुटपिट गरी आफ्नै बाबुको हत्या गरेको अभियोगमा पाँचखाल नगरपालिका–७ जोरपिप्ले बस्ने ३८ वर्षीय राजु गौतमलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।
राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गर्दा बलरामको घटनास्थलमै मृत्यु भएको हो ।
राजुलाई प्रहरी चौकी पाँचखालले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १८:१०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook