काठमाडौंः जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ ।

कतारको अहमेद विन अली स्टेडियममा बिहीबार राति भएको फाइनल खेलमा मेक्सिकोको टाइग्रेसलाई १–० ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नका लागि बेन्जामिन पाभर्डले निर्णायक गोल गरे ।

खेलको ५९ औं मिनेटमा पाभर्डले निर्णायक गोल गरेका थिए ।

योसँगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जित्न सफल भएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ ३० गते शुक्रबार, १०:५८