काठमाडौंः बायर्न म्युनिखले जर्मन कप फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा बायार लेवरकुसनलाई ४–२ ले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले दुई, डेभिड अल्बा र सेर्गी गान्ब्रीले एक एक गोल गरे । यस्तै, लेवरकुसनका लागि काइ हाभर्ट्ज र सेभेन बेन्डेरले एक एक गोल गरे ।

खेलको १६ औं मिनेटमा अल्बाले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा सेर्गीले गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाए । ५९ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रतालाई ३–० को बनाए । ६३ औं मिनेटमा लेवरकुसनका बेन्डेरले गोल गर्दै खेल ३–१ मा ल्याए ।


८९ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा लेवरकुसनका हाभर्ट्जले एक गोल फर्काएपनि बायर्नले खेल ४–२ ले जित्यो ।

यससँगै बायर्नले २० औं पटक जर्मन कपको उपाधि जितेको छ । बायर्नले लगातार दोस्रो सिजन जर्मन कपको उपाधि जितेको हो ।


प्रकाशित मितिः आइतबार, असार २१, २०७७, ०७:२७