बाराः जितपुर सिमरा उपमहानगरपालिका–२ सिमरास्थित सिमरा पाराडाइज होटलमा कौडा खेलिरहेका १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले १६ थान कौडा र नगद ५ लाख ८२ हजार ५ सय ५० रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १९:३२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook