बाराः बारा निजगढ नगरपालिका–७ सुभम होटलबाट तास खेलिरहेका ५ जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

सुभम होटलमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–४ बस्ने ४० वर्षीय हरि ढुंगाना समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त होटलमा तास खलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५३ हजार रुपैयाँ, ५ थान मोवाइल र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १४:१८