बाराः बारामा अवैध रुपमा बिक्रीका लागि राखिएको ठूलो परिमाणको रासायनिक मल प्रहरीले बरामद गरेको छ । बारा प्रसौनी गाउँपालिका–५ प्रस्टोकाबाट ३९ बोरा रासायनिक मल बरामद गरेको हो ।

चैत २६ गते साँझ स्थानीय शम्भु साह र रमेश साहले प्रसौनी–६ मा नै रहेको ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डीएपी मल खरिद गरी बेच्ने उद्देश्यले लुकाई छिपाई राखेको भन्ने सूचना पाएपछि प्रहरीले लुकाएर राखेको अवस्थामा रासायनिक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

तत्कालै इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले शम्भु र रमेशको स्टोरमा ताल्चा लगाई सुरक्षित राखिएकोमा बिहीबार उनीहरुको स्टोर खानतलासी गर्दा ५० के.जी.का २९ बोरा युरिया र १० बोरा डि.ए.पी. मल फेला परेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।


। बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बारामा राखिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा शम्भु र रमेश साहलाई मल उपलब्ध गराएको भन्ने खुल्न आएको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

प्रहरीले कालो बजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम अनुसन्धान भइरहेको जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, चैत २८, ०८:४२