बाराः परवानीपुर गाउँपालिका–३ मा शनिबार साँझ टिपरको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय १६ वर्षीय पैदलयात्री राजकिशोर साह रौनीयार रहेका छन् ।

शनिबार साँझ ६ बजे पथलैयाबाट वीरगञ्जतर्फ जाँदै नम्बर नखुलेको टिपरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते रौनीयारलाई उपचारको लागी नारायणी अस्पताल वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

टिपर सहित फरार रहेका चालकको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय परवानीपुरले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, ११:३८