बाराः जितपुर सिमरा उपमहानगरपालिका–२२ मा आज दिउँसो सवा १२ बजे टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुर चुरियामाईका २५ वर्षीय सञ्चलाल गोले रहेका छन् ।

अमलेखगञ्जबाट हेटौंडा तर्फ जाँदै गरेको नम्बर नखुलेको टिपरले सोही दिशा जाँदै गरेको ना ५० प २५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने टिपर सहित चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १८:०५