बाराः जितपुर सिमरा उपमहानगरपालिका–२० मा आज बिहान टेम्पुको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सञ्जित पासवानका ४ वर्षीय छोरा सुमन रहेको प्रहरीले जनाएको छ ।

ना २ ह ४४२५ नम्बरको टेम्पुले बालकलाई ठक्कर दिँदा गम्भिर घाइते भएका थिए । घाइते बालकको उपचारको क्रममा बयोधा अस्पताल वीरगञ्जमा मृत्यु भएको हो ।

ठक्कर दिने टेम्पुका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, फागुन २१, १४:१५