बाराः कलैया उपमहानगरपालिका–१४ बगवन चोकमा मंगलबार राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराकै परवानीपुर गाउँपालिका–५ बौहरीमा बस्दै आएका ३० वर्षीय नुरहुदा देवान रहेका छन् ।

ना ३ त ८००५ नम्बरको ट्याक्टरमा ना १४ प २८९ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएको उनको वीरगञ्ज स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटना पश्चात फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, १०:४७