बाराः कोल्हबी नगरपालिका–१ निकासमा मंगलबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
ना ५४ प ६८५१ नम्बरको मोटरसाइकल र ज ७ प ६०३६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा ६८५१ नम्बरको मोटरसाइकल चालक कोल्हबी नगरपालिका–६ अधनवाका १८ वर्षीय बिकाश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते भएका सोही मोटरसाइकलमा पछाडी चढेका ४५ वर्षीय रामचन्द्र चौधरीको उपचार पारस अस्पताल कोल्हबीमा भइरहेको छ ।
अर्को मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत १८ गते बुधबार, १०:२५
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook