बाराः जितपुर सिमरा उपमहानगरपालिका–१ मा आज बिहानै सवारी साधनको ठक्कबाट एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ५० वर्षीय पुरुष रहेका छन् ।

आज बिहान साढे ४ बजे पैदल हिडीरहेका उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहित चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १२ गते सोमबार, ११:३४