बाराः जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जंगलमा आज बिहानै सवारी साधनको ठक्करबाट एक महिलाको घटनास्थल मै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४० वर्षीया महिला रहेकी छिन् ।

आज बिहान साढे ५ बजे उनलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा उनको सवारी साधनको ठक्करबाट एक महिलाको घटनास्थल मै मृत्यु हो ।

दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १६:१०