बाराः जितपुर सिमरा उपमहानगरपालिका–८ थलहीपुलमा आज दिउँसो स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक जितपुर सिमरा उपमहानगरपालिका–२० इनर्वाका ३० वर्षीय बिजय प्रसाद यादव रहेका छन् ।
प्रदेश २–०३–०१० प १२६८ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका उनको अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी चौकी बरियारपुरले जानकारी दिएको छ ।
सोही दुर्घटनामा स्कुटरमा पछाडी चढेका बाराको सुवर्ण गाँउपालिका–६ मझरियाका ५५ वर्षीय रामदेव प्रसाद यादव गम्भीर घाइते भएका छन् । उनको कलैया अस्पतालमा उपचार भैरहेको छ ।
।
प्रकाशित मितिः २०७७ साल फागुन ८ गते शनिबार, २०:२८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook