दिल्ली: पूर्वी भारतीय राज्य झारखण्डमा प्रहरीको एक समूह चढेको सवारी साधन बारुदी सुरुङ विस्फोटमा परेको छ।

विस्फोटमा परी ६ प्रहरीको मृत्यु भएको र ४ जना घाइते भएको भारतिय संचार माध्यमहरुले जनाएका छन् ।

यस क्षेत्रमा वामपन्थी विद्रोहीहरू सक्रिय रहेकाले उनीहरूले नै वारुदी सुरुङ विस्फोट गराएको हुनसक्ने प्रहरी अधिकारीहरुले अनुमान गरेका छन् ।

भ्रमणको क्रममा यात्रामा रहेका ती प्रहरी अधिकारीहरू आक्रमणमा परेको प्रहरी अधिकारीहरूले बताएका छन्।