काठमाडौंः बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित निकालेको छ ।

शनिबार भएको खेलमा बार्सिलोनाले रेगिगेसन जोनमा रहेको मालोर्कामाथि ४–० को सानदार जित निकालेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनेल मेस्सी, आर्टुरो भिडाल, मार्टिन ब्रेथवेट र जोर्डी अल्वाले एक एक गोल गरे ।

खेलको दोस्रो मिनेटमा भिडालले हेड गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ३७ औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाए । ७९ औं मिनेटमा अल्वाले गोल गर्दै बार्सिलोनालाई ३–० को स्थितीमा पुर्‍याएका थिए । दोस्रो हाफको इन्जुरी समयमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।


जितसँगै बार्सिलोनाको २८ खेलबाट ६१ अंक पुगेको छ । मालोर्का २५ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।


प्रकाशित मितिः आइतबार, जेठ ३२, २०७७, ०८:०८