काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा बार्सिलोनाले हुयस्कामाथि ४–१ को सहज जित निकालेको हो ।
बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई, एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे । यस्तै, हुयस्काका लागि राफा मिरले एक गोल गरे ।
खेलको १३ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा राफाले पेनाल्टीमा गोल गर्दै हुयस्कालाई २–१ को स्थितिमा ल्याए ।
५३ औं मिनेटमा ओस्कारले गोल गर्दै बार्सिलोनालाई ३–१ को अग्रता दिलाए ।
। त्यसपछि ९० औं मिनेटमा मेस्सीले आफ्नो व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–१ को जित दिलाए ।
जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाले २७ खेलमा ५९ अंक जोडेको छ । यस्तै, हुयस्का २० अंक जोडेर पुछारमा रहेको छ ।
प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, ०६:५०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook