काठमाडौंः बार्सिलोनाले स्पेनिस ला लिगामा लेगानेसलाई हराएको छ ।

मंगलबार भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २–० ले हराएको हो ।

बार्सिलोनाका लागि लियोनल मेस्सी र अंशु फातीले एक एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ६९ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसँगै बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ । दोस्रो स्थानको रियल म्याड्रिडले २८ खेलमा ५९ अंक बनाएको छ । लेगानेस २९ खेलमा २३ अंक जोड्दै अंक तालिकाको पुछारमा नै रहेको छ ।


प्रकाशित मितिः बुधबार, असार ३, २०७७, १२:३९