काठमाडौंः स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा साविक विजेतासमेत रहेको बार्सिलोना रियल सोसीडाडसँग २–२ को बराबरीमा रोकिएको हो ।

बार्सिलोनाका लागि एन्टोइन ग्रिजमनले र लुइस स्वारेजले एक एक गोल गरे । यस्तै, रियल सोसिडाडका लागि मिकेल ओरेजावल र एलेक्सजेन्डर इसाकले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा ओरेजवालले पेनाल्टी मार्फत गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई खेल १–१ गोलको बराबरी ल्याएका थिए ।

४९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए ।


। तर, ६२ औं मिनेटमा इसाकले बराबरी गोल फर्काएपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो ।

बराबरीसँगै बार्सिलोनाले १६ खेलमा ३५ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको दोस्रो स्थानमा रियल मड्रिडको ३४ अंक छ । २८ अंक जोडेको सोसिडाड पाँचौ स्थानमा छ ।


प्रकाशित मितिः आइतबार, मंसिर २९, ०८:२७