काठमाडौंः स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभिल्लासँग गोल रहित बराबरीमा रोकिएको हो ।

पछिल्लो नतिजासँगै उपाधि होडमा बार्सिलोनालाई गम्भिर धक्का लागेको छ ।

बार्सिलोना ६५ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियलको ६२ अंक छ । सेभिल्ला ५२ अंक सहित तेस्रो स्थानमा छ ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, ०७:१०