भक्तपुरः बालकोट युवा समाजले नेपाल प्रेस युनियन भक्तपुर शाखाका पत्रकारहरुलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रेस युनियनका पत्रकारलाई आवश्यक प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री समाजको संयोजक तथा नेपाली कांग्रेस सुर्यविनायक नगरपालिका नगर कार्यसमितिका उपसभापति रवि राणाले आज एक कार्यक्रमका बीच सहयोग गरेका हुन ।

समाजले ५० जना पत्रकारलाई प्रेस ज्याकेट, माक्स, जोर पन्जा सहयोग संयोजक राणाले बताए ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक राणाले कोरोना भाइरसको लडाई विरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताए ।


। कोरोना विरुद्धको लडाईमा पत्रकार अग्रभाग बसेर लडिरहेको बताउँदै, उनीहरुको सुरक्षाका लागि समाजले सक्दो सहयोग जारी राख्ने बताए ।

वरिष्ठ पत्रकार एवं प्रेस युनियनका केन्द्रीय सल्लाहकार कविर राणाले संकटको बेलामा गरेको सानो सहयोगले पनि ठुलो राहत मिल्ने बताए ।

कार्यक्रममा प्रेस युनियन भक्तपुरका अध्यक्ष रोशन सिल्पकारले पत्रकारलाई प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिए ।


प्रकाशित मितिः बिहीबार, असार ४, २०७७, १२:०४