काठमाडौंः राष्ट्रिय बालअधिकार परिषद् र बालबालिका खोजतलास केन्द्रको टोली १० असोजमा कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित सामाजिक तथा मानवीय सरोकार केन्द्रले सञ्चालन गरेको बालगृह खोज्दै जाँदा एकछिन अलमलमा परेको समाचार आजको कान्तिपुरले तेस्रो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, बालगृह भएको कुनै होर्डिङ बोर्ड वा सूचना त्यहाँ थिएन । टिनको एउटा लामो टहरो नै बालगृह भएको थाहा पाउँदा सरकारी टोली अचम्ममा पर्‍यो ।

टहरोमा तीन कोठा मात्रै बालगृह सञ्चालनका लागि भाडामा लिइएको रहेछ । अन्य कोठा भाडामा लगाइएको रहेछ ।

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०६९ ले तोकेको कुनै मापदण्ड बालगृहले पूरा गरेको थिएन ।


 


प्रकाशित मितिः शनिबार, कार्तिक २३, ०७:१९