कास्कीः ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पोखरा महानगरपालिका–१९ लामाचौर बस्ने धादिङ गंगाजमुना गाउँपालिका–६ घर भएका ३२ वर्षीय बिकाश विकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

विकले ती बालिकालाई ललाई फकाई एकान्त स्थानमा लगि यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

विक माथि बाल यौन दुरुपयोग कसुरमा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, २०:४३