काठमाडौंः नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको वार्ता सकिएको छ ।

आज भएको छलफलले कुनै ठोस निष्कर्ष ननिस्के पछि भोलि फेरि अर्को वार्ता गर्ने सहमति भएको स्रोतले बतायो ।

दुई अध्यक्षबीचको वार्तामा सहमति नजुटे पनि छलफल सकारात्मक दिशामा अघि बढेको बताइएको छ ।

ओली–प्रचण्ड वार्तामा नेकपा महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए ।

नेकपा स्थायी कमिटीको बैठक शनिबार बिहान ११ बजे बस्दैछ । त्यसअघि दुई अध्यक्षबीच पुनः छलफल हुने नेताहरुले बताएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री ओलीले नयाँ नक्सा छापेपछि भारतले आफूलाई हटाउन लागेको बताएका थिए ।


। जवाफमा प्रचण्डले प्रधानमन्त्री ओलीको राजीनामा भारतले नभई आफूले मागेको बताएका थिए ।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना भएको थियो । अहिलेसम्म बोलेका अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।


प्रकाशित मितिः शुक्रबार, असार १९, २०७७, १७:०५