काठमाडौंः गायक बावुल गिरी र गायिका नित्या शिवाको आवाजमा रहेको ‘चाकन चुकुन’ गीतको भिडियो सार्वजनिक भएको छ ।

शंकर अधिकारी घायलको शब्द तथा बावुल गिरीको संगीत तथा एरेन्ज गीतमा छ ।

प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ ।

सरोज भुर्जेलको छायांकन, सिलन लम्सालको सम्पादन तथा सुरेन्द्र मल्लको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा नायक नाजिर हुसैन र नायिका लक्ष्मी बर्देवा, पवन खतिवडा र सुशिल थापाको अभिनय देख्न सकिन्छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १३:५८