भक्तपुरः इस्वी संवत २०२१ को उपलक्ष्यमा मध्यपुर थिमिमा आज सम्पदा पदयात्रा गरिएको छ ।
मध्यपुर थिमि नगरपालिकाको आयोजनामा नगर भित्र रहेका साँस्कृतिक नाच तथा बाजागाजाको प्रदर्शन तथा प्रस्तुतीको बीचमा नगरभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको अवलोकन गराउने उद्देश्यले पदयात्रा गरिएको हो ।
पदयात्राको बागमती प्रदेशका सभामुख सानु कुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
पदयात्रा शंखधर चोकबाट सुरु भई नगरका विभिन्न टोल हुँदै बोडेस्थित कुमारी द्यो स्क्वायरमा समापन गरिएको थियो ।
पदयात्राको क्रममा नगरका टोल टोलका मूर्त अमूर्त सम्पदाहरुको अवलोकन सहित बाजागाजा, झाँकी सहित दाफा भजनबाट प्रर्दशन गरिएको थियो ।
।
बाह्रय तथा आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
यसैगरी, आजै बाह्रय तथा आन्तरिक पर्यटनको गन्तव्य क्षेत्र बनाउन यहाँका मूर्त अमूर्त ऐताहासिक तथा साँस्कृतिक कला र सम्पदाहरु समेटिएको सचित्र हाते पुस्तिकाको पनि विमोचन गरिएको थियो ।
प्रकाशित मितिः २०७७ साल पुस १७ गते शुक्रबार, १२:३८
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook