काठमाडौंः सरकारले ल्याएको बजेटबारेमा प्रतिनिधि सभाको बिहीबारको बैठक भएको छलफलमा सत्तपक्षीय सांसदहरुले नै असन्तुष्टि जनाएका छन्।

संसदमा जारी बजेट माथिको छलफलमा बोल्दै नेकपाकी साँसद रामकुमारी झाँक्रीले अर्थमन्त्री खतिवडाले हिजो अर्थमन्त्रीले पत्रकार सम्मेलन गरेर बजेट ल्याउने क्रममा आफु ‘ट्र्यापमा परेको’ भनेर दिएको अभिब्यक्ति दिनुभएछ । मलाई दुःख लाग्यो,’ उनले भनिन्, ‘सांसद विकास दिने कुरामा उहाँ के कुरामा ट्याी पमा पर्नुभयो ? यो जिम्मेवारपूर्ण अभिव्यक्ति मलाई लागेन।’

झाँक्रीले भनिन्, यो बजेट बित्तीय अनुशासन कायम गर्ने प्रयासमा चुकेको छ, ‘बित्तीय अनुशासन कायम गर्ने हो भने बजेट भन्दा बाहिरको योजना किन ल्याइयो ? सांसद विकास कोष दिने बेलामा उहाँ कसरी ट्र्यापमा पर्नुभयो ?

सांसद विकास कोषको नाममा रकम बाँड्ने सरकारको निर्णयको कडा आलोचना गर्दै उनले संसद विकास कोष सांसदहरुलाई बदनाम गर्ने, उनीहरुलाई हँसोको पात्र बनाउने र संसद विकास कोषको नाममा रकम बाँडिनु सांसद खरिद विक्री जस्तै भएको आरोप लगाइन् ।


उनले संसदको रोष्ट्रमबाट राजनीतिको कार्टेलिङको अन्त्य हन्छ कि हुँदैन भन्दै प्रश्न समेत गरिन्। ‘म सभामुखमार्फत् अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु। उहाँले सबैप्रकारका सिन्डिकेट र कार्टेलिङ अन्त्य गर्छु भन्नुभएको छ। राजनीतिको कार्टेलिङ पनि अन्त्य हुन्छ कि?’

उनले संसदीय क्षेत्रका लागि साँसदले बजेट पाउनु पर्ने माग सबै साँसदको नभएको पनि बताइन्।