काठमाडौंः गायक तथा संगीतकार बिपिन घिमिरेले आफ्नो नयाँ गीत ‘खास लाग्न थाल्यौं’ को भिडियो रिलिज गरेका छन् ।

यो रोमाञ्चकारी गजलको भिडियोलाई उनले साम्बी इन्टरट्रेन्मेन्ट च्यानलबाट रिलिज गरेका हुन् ।

बिपिन आफैंले यो गीतमा संगीत सृजना गरेका हुन् । दुई दशकदेखि गायनमा सक्रिय बिपिन सांस्कृतिक संस्थानका कलाकार तथा स्वर प्रशिक्षक हुन् ।

यो गजलका रचनाकार नारायण प्रसाद सापकोटा हुन् भने संगीत संयोजन किरण कँडेलको रहेको छ । यसलाई शम्भुकुमार तन्डुकारले मिक्सिङ गरेका हुन् ।

भिडियोमा नायकको रुपमा अभिनेता विशाल पोखरेल प्रस्तुत भएका छन् । नायिकको रुपमा गायिकाको परिचय बनाएकी मोडल सरिता भारती छिन् ।


। भिडियोमा यी दुईको अभिनय अब्बल बनेको छ ।

एक युवा र युवतीको प्रेम प्रसँगमा आधारित यो गीतको भिडियोमा पनि सोही अनुसारको कथा प्रस्तुत गरिएको छ । गीतको अबधारणा अनुसार बाटोमा आफ्नै स्कुटरले हानेर लडेका युवकलाई उठाएर उद्धार गर्दा युवक र युवतीबीचको प्रेम सम्बन्ध बसेको र उनी निकट भएको कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

भिडियोमा रामशरण उप्रेतीको छायांकन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन तथा रंग संयोजन रहेको छ । भिडियोलाई गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल मंसिर १० बुधबार, २०:२६