पोखराः पोखराको बेगनासका एक व्यक्तिले बियरको बोत्तलले हानेर वृद्धको हत्या गरेका छन् ।

हत्या हुनेमा पोखरा महानगरपालिका ३१ बेगनास ताल बस्ने ६१ वर्षीय शुरसिंह लामा रहेका छन् ।

सोही ठाउँ बस्ने ५० वर्षीय जुठ्ठे लामाले शुरसिंहलाई कार्तिक १५ गते बियरको बोत्तल प्रहार गर्दै कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका शुरसिंहको बुधबार साँझ मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, १६:५५