काठमाडौंः माइक्रोसफ्टका अध्यक्ष बिल गेट्सका पिता विलियम हेनरी गेट्स द्वितीयको सोमबार निधन भएको छ ।

हुड क्यानलस्थित निवासमा उनको ९४ वर्षको उमेरमा निधन भएको हो ।

विल गेट्सको पारिवारिक स्रोतले उनको सोमबार निधन भएको जानकारी मंगलबार गराएको हो ।

उनी अल्जाइमरको बिरामी थिए ।

विलियम हेनरी गेट्स द्वितीयको सन् १९२५ मा वासिङ्टनको बेरमर्टनमा जन्म भएको थियो । उनको निधनपछि विल गेट्सले आफ्ना पिता आफ्नो जीवनका वास्तविक ‘हिरो’ भएको बताए । उनको प्रेरणाका कारण आफू परोपकारी कार्यमा लागेको विल गेट्सले बताएका छन् ।

बिल एण्ड मालिन्डा गेट्स फाउन्डेसनको स्थापनामा उनको ठूलो योगदान र प्रेरणा रहेको बिल गेट्सले जनाएका छन् ।


। विलियम हेनरी गेट्स द्वितीय अमेरिकाको एक प्रसिद्ध वकिल थिए । ६९ वर्षको उमेरमा सन् १९९४ मा वकिल पेशाबाट निवृत्त भएका थिए ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १४:२९