काठमाडौंः बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ ।

भारतीय जनता पार्टी (बीजेपी) र जनता दल युनाइटेड (जेडियु) सहितको वर्तमान सत्ताधारी राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन एनडिएले १२५ सिट सहित सामान्य बहुमत भने पाएको छ ।

२४३ सदस्यीय बिहार विधानसभामा तेजस्वी यादव नेतृत्वको कांग्रेससहितको महागठबन्धनलाई ११० सिट प्राप्त भएको छ ।

एनडीएले बहुमत पाएसँगै बिहारमा फेरि नीतिश कुमारको सरकार बन्ने निश्चित भएको छ । राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजश्वी यादवको मुख्यमन्त्री बन्ने सपना केही सिटका कारण विफल भएको छ ।


आरजेडीले ७५ सिट जित्दा बीजेपीले करिब ७० सिटमा विजयी हासिल गरेको छ । मुख्यमन्त्री नितिश कुमारको जेडियुले भने ४३ स्थानमा जितेको छ ।

कांग्रेसले यस पटक १९ सिट जितेको छ । सांसद असदुद्दीन ओवेसीको पार्टी अल इन्डिया मजलिस–ए–इत्तेहादुल मुस्लिमिनले राम्रो नतिजा हात पार्दै ५ सिट जितेको छ ।

जदयुको विरोध गर्दै विधानसभा चुनाव एक्लै लडेको चिराग पासवानको लोक जनशक्ति पार्टी (एलजेपी) ले केबल एक सिट जितेको छ । यसैगरी बहुजन समाज पार्टीले एक सिट र एक स्वतन्त्र सांसद विजयी भएका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १०:१५