काठमाडौंः पछिल्लो २४ घण्टामा विभिन्न नाका प्रयोग गरी ४ हजार ५ सय २२ ओटा सवारी साधनमा १८ हजार ३३० जना यात्रु उपत्यका भित्रिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसैगरी, ४ हजार ७०९ ओटा सवारी साधनमा २० हजार २०३ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३३ ओटा सवारी दुर्घटना हुँदा १९ जना सामान्य घाइते भएका छन् ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १०:०१