काठमाडौंः कांग्रेस उपसभापतिमा मनोनीत भएपछि विमलेन्द्र निधि कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको थातथलो सिन्धुलीको दुम्जामा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

मंगलवार बिहान कोइरालाको पूर्बजको ठाउँ दुम्जा पुगेर निधिले भने “म कांग्रेसको राजनीतिमा यहाँसम्म बीपी कोइरालाको आशीर्वादले नै पुगेको छु । त्यसैले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न दुम्जा आएको हुँ ।” २०३६ सालमा नेता निधिलाई वीपी कोइरालाले नै नेवि संघको अध्यक्ष बनाएका थिए ।

पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने बिषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुसंग आफूले कुरा गर्ने उल्लेख गर्दै नेता निधिले पदाधिकारी चयन लगत्तै नेताहरुलाई भेटेर त्यसको शुरुवात गरेको पनि जानकारी गराए ।


बीपी राजमार्गदेखि दुम्जासम्मको बाटो बनाउने काम आफू भौतिक पूर्बाधार मन्त्री हुँदा सम्पन्न भएको स्मरण गर्दै उपसभापति निधिले यो क्षेत्रमा व्याप्त खानेपानीको समस्या समाधानका लागि आफूले सरकारसंग पहल गर्ने बताए । बीपी पार्क र संग्रहालय बनाएर दुम्जालाई संपूर्ण प्रजातन्त्रबादीको आस्थाको केन्द्र बनाउनका लागि कांग्रेसले पहल गर्ने पनि उपसभापति निधिले उल्लेख गरे ।

२०३६ सालमा नेता निधिलाई बीपी कोइरालाले नै नेविसंघको अध्यक्ष बनाएका थिए ।